इलाम, चैत १२
४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर स्वदेश फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहिबार नागरिकता लिनु भएको छ । जिल्ला प्रशासन कार्यलय इलाम बाट तिम्सिनाका कान्छा भाईका छोरा भतिज गोपाल तिम्सिनाले सनाखत गरेपछि तिम्सिनाले ६० वर्षको उमेरमा नागरिकता पाउनु भएको हो । दुर्गाप्रसाद साबिकको एकतप्पा गाविसमा २०१७ साउन २० गते जन्मिएको उल्लेख छ । नागरिकतामा हालको ठेगाना माई नगरपालिका–१० लुम्बाक राखिएको छ । दुर्गाप्रसादका बुबा चम्पाखरको पहिल्यै मृत्यु भइसकेको छ भने आमा धनमाया सदरमुकाम आउन सक्नु भएन । २० वर्षकै उमेरमा भारत जानु भएका तिम्सिना जेल परेपछि दीपक जैसी भनिएको थियो । भारतमा जेलमा रहदा अदालती कामकारबाहीमा दीपक जैसी नाम उल्लेख गरिएको छ ।
प्रतिक्रिया