अर्घाखाँचीमा जीप दुर्घटना ३,जनाको मृत्यु, ८ घाईते

अर्घाखाँचीमा जीप दुर्घटना ३,जनाको मृत्यु, ८ घाईते

काठमाडौँ । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् । मृतकको पहिचान खुलेको छैन्। घाइतेहरूलाई उपचारको  लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताएअनुसार कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटना भएको  हो।

उनकाअनुसार गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको  विष्टले बताए।