logo
  • २०८३ जेष्ठ १६, शनिबार | Sat, 30 May 2026
  • अर्घाखाँचीमा जीप दुर्घटना ३,जनाको मृत्यु, ८ घाईते

    • निगरानी
    • २०७६ आश्विन २०, सोमबार ११:०६ गते
    अर्घाखाँचीमा जीप दुर्घटना ३,जनाको मृत्यु, ८ घाईते

    काठमाडौँ । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् । मृतकको पहिचान खुलेको छैन्। घाइतेहरूलाई उपचारको  लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा लगिएको छ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताएअनुसार कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटना भएको  हो।

    उनकाअनुसार गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको  विष्टले बताए।



    निगरानी    
  • २०७६ आश्विन २०, सोमबार ११:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP