logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाम नगरका बिभिन्न स्थानमा किटनाशक औषधि छर्कियो

    इलाम नगरका बिभिन्न स्थानमा किटनाशक औषधि छर्कियो

    इलाममा बिहीबार गठन भएको जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण कमाण्ड पोष्टको पहिलो बैठक सदरमुकाममा शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिराम सेडाईको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले कोरोना भाइरसको संभावित रोकथाम एवं नियन्त्रण गर्न शंकास्पद ब्यक्तिहरुको पहिचान गरी उनीहरुको उचित ब्यबस्थापन गर्ने भएको छ । यस्तै बैठकले इलाम नगरपालिका २ सुम्बेकका २६ बर्षिय एक युवक गत ७ गते दुबइबाट आएको र उनलाई लिन सोहि ठाउँका २३ बर्षिय एक ब्यक्ति काठमाडौं गएकोले इलाम आउने क्रममा दुवै जनालाई इलाम अस्पतालमा समान्य चेकजाँच गराई इलामनगरपालिका ८ स्थित सिङफ्रिङ अस्पतालमा निर्माण गरीएको क्वारेन्टाइनमा पठाइसकेको बैठकबाट जारी गरीएको प्रेस सुचनामा उल्लेख छ । यसैगरी इलामनगरपालिका, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल लगायतको टोलिले आज इलाम चोक बजार, कारागार लगायत नगरका बिभिन्न स्थानमा किटनाशक औषधि छर्किएको छ ।

    यस्तै सशस्त्र प्रहरी बल हेडक्वाटर १ नम्बर गण इलामले जिल्लाका बिभिन्न स्थानमा कोरोना भाइरस सम्बन्धिका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै लकडाउनको अवधिमा अत्यावश्यक सामाग्री ढुवानी गरी बितरण गर्न जिल्ला प्रहरी कार्यालय इलामले आफू मातहतका निकायलाई सुरक्षा जाँच गरी तोकिएको सामान लिन जान, ल्याउन, बितरण गर्नका लागि आवश्यक प्रबन्ध मिलाउने पनि बैठकले जारी गरीएको प्रेश नोटमा उल्लेख गरीएको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १४, शुक्रबार १२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP