logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • विमानस्थल तोडफोडमा संलग्न प्रमोदकुमार साह साधारण तारेखमा रिहा

    विमानस्थल तोडफोडमा संलग्न प्रमोदकुमार साह साधारण तारेखमा रिहा

    जनकपुर–विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

    यसअघि शाह विरुद्ध जनकपुर विमानस्थलले विमानस्थलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी गरेको थियो ।सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै शाहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।


    मंगलवार साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    चार दिनको समय सकिएसँगै शुक्रवार अदालत पेश गरिएका साहको थुनछेक वहसपछि न्यायाधीश अर्यालको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।



    निगरानी    
  • २०७६ कार्तिक १, शुक्रबार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP