इलाम , १४ चैत : सुचनाको हक संविधानले नै ब्यवस्था गरेको भए पनि व्यवहारमा नदेखिएको एक कार्यक्रममा गुनासो गरेका छ्न । इलामम बिहीबार सम्पन्न ‘सुचनाको हकमा महिला सशक्तीकरण सम्बन्धी अन्तर्कृया कार्यक्रम’ का सहभागीले यस्तो बताएका हुन । सुचनाको हक संविधानले नै ब्यवस्था गरेको भए पनि नागरिकम सचेतना नभएकोले सचेतना कार्यक्रम निरन्तर संचालन गर्नु पर्ने सुझाब दिएका छ्न । राष्ट्रिय सुचना आयोगका सुचना आयुक्त दुर्गा भण्डारी पौडेलले सुचना दिने र माग्ने बीच सधै रसाकसी हुने गरेको बताउनु भयो । लोकतन्त्रमा नै सुचानाको हक सम्बन्धि अधिकार फस्टाउने पौडेलले बताउनु भयो ।

समाजलाई खुल्ला र पार्दशी बनाउन अभियान चलिरहेको बताउनु भयो । सुचनाको हक महिलाको सरोकारको विषय भएको भन्दै उहाँले महिला लगायत लक्ष्यित बर्गको लागि छुटिएको बजेट , अघि सारिएको कार्यक्रम कसरी भएको छ भन्ने बारे जानकारी पाउने हक भएको बताउनु भएको छ । राष्ट्रिय सुचना आयोगको आयोजना र जिल्ला प्रशासन कार्यलय इलामको समन्वयमा भएको कार्यक्रममा राजनीति दलका प्रतिनिधि , सरकारी कार्यलयका सुचना अधिकारी , जनप्रतिनिधि , कानुन व्यवसायी , मानवअधिकारकर्मी , विभिन्न संघ सस्थाका प्रतिनिधि संचारकर्मी लगायत सहभागी थिए । राष्ट्रिय सुचना आयोगको महिला आयुक्त दुर्गा भण्डारी पौडेलको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रम आयोगका उपसचिव सुदर्शन ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई , इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी दहाल , प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मन्तव्य राखेका थिए । अन्तर्कियामा नेपाल पत्रकार महासङ अध्यक्ष भिम चापागाईं, पत्रकार नमीन ढकाल , सुनिता मगर , टीका भार्द्वज , सुशील सापकोटा , सुनिता कर्मचार्य लगायतले जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया