ट्रक दुर्घटना हुदाँ इलाममा एकजनाको मृत्यु

इलाम ,पौष २३

सवारी दुर्घटनामा परी इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका २ भोटेडाँडाको रबि दमक सडक खण्डमा पाँचथरको रवि बाट झापा तर्फ जादैगरेको ट्रक दुर्घटना हुदाँ ३५ को किरण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । ना.३.ख. २०५ नं. को काठको गोलिया बोकेको ट्रक सडक बाट तल झर्दा ट्रकमा सवार जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका ४ राई धाईते भएपछि उपचारको लागी झापा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताउनु भयो । काठको गोलिया बोकेको ट्रक अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल झरेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रमोद श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखी अनुसन्धान भइरहेको छ ।