नेपालमा ताउ-तेको प्रभाव, केही स्थानमा भारी वर्षा हुन सक्ने

नेपालमा ताउ-तेको प्रभाव, केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं , जेठ ५ । आज देशभर मौसम बदली रहने तथा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखालेजनाएको छ । त्यस्तै उच्च हिमाली भू-भागका केही स्थानमा हिमपात हुने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ-ते ‘TaukTae’ को प्रभाव रहेको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही भू-भागमा वर्षा भइरहेको छ ।

भोली कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू-भागका हिमपातको सम्भावना छ । त्यस्तै अन्य केही क्षेत्रमा भारी हिमपातकतको सम्भावना छ ।

शुक्रबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।