इलााम / पूर्वी पहाडी चार जिल्लाका पत्रकारहरुले सरकारले पत्रकारको पेशागत र भौतीक शुरक्षामा चासो नदिएको गुनासो गरेका छन् । प्रेस यूनियन पाँचथरले आयोजना गरेको कार्यक्रममा यूनियन सम्वद्ध पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।
पाँचथरको माझीटारमा भएको पाँचथर,तेह्रथुम,इलाम र ताप्लेजुङका पत्रकारहरुले सरकारले पत्रकारको नाममा ‘भजन मण्डली’ खडा गर्न खोजी रहेको आरोप लगाए । भेलाले पत्रकारहरुको हकहितको पक्षमा ९ बुद्धे घोषणापत्र जारी गरेको हो ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने गरी ल्याइएको सम्पूर्ण कानुन फिर्ता गर्नुपर्ने,यस क्षेत्रका पत्रकारले समाचार संकलन,रिपोटिङका क्रममा असुरक्षित हुने गरेको महशुस गर्दे यस क्षेत्रका पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न सरकारसँग माग गरिएको छ । पाँचथर अध्यक्ष भिम कुमार बास्कोटाको अध्यक्षतामा सम्पन्न भेलामा बोल्दै नेपाली काग्रेसका पाँचथर सभापती नरेन्द्र कुमार केरुङले काग्रेस स्वतन्त्र सञ्चार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारसंगै रहेको बताए । नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले अहिले पनि निर्भयका साथ समाचार संकलन र लेखनको अवस्था नरहेको बताए । प्रेस युनियन इलामका अध्यक्ष विप्लव भट्टराईले पत्रकारको शुरक्षा र पेशागत दक्षतामा सरकारले पनि चासो दिनुपर्ने बताए । युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुरकुटी, युनियन तेह्रथुमका अध्यक्ष टि आर लिम्बु लगायतले सरकार जनअधिकार हरणमा योजनावद्ध रुपमा लागेको आरोप लगाए ।
प्रतिक्रिया