ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु , एकजना घाइते

Share This
  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु , एकजना घाइते

इलाम , असार २६

ईलामको माई नगरपालिका-१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो  खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका-१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।  ट्याक्टरमा रहेका १९ बर्षीय समिर बिश्वकर्मा घाइते भएका छ्न । उनको  झापाको बि.एण्ड. सी. अस्पतालमा उपचार भईरहेको छ ।