इलाम अस्पतालमा डाइलेसिस सेवा

इलाम अस्पतालमा डाइलेसिस सेवा

इलाम फागुन ९ । इलाम अस्पतालमा मृगौला रोगीहरुका लागि डाइलेसिस सेवा शुरु हुने भएको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई आइतबार एक कार्यक्रमका बीच तीन थान डाइलेसिस मेशिन हस्तान्तरण गरेको छ । इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेशिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण शाहले बताउनु भयो मेसिन जिल्ला समन्वय समितिको नयाँ भवनमा राखिएको छ । त्यहि बाट सेवा दिइने अस्पतालले जनाएको छ ।तीन वटै मेशिन जडान गरिसकिएको छ । सेवा सुरु गर्न जनशक्तिलाई तालिम दिनुपर्ने जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनु भयो । एक जना एचए र एक जना स्टाफ नर्सलाई तालिम दिनका लागि तयारी भैरहेको खतिवडाले बताउनु भयो ।