ट्रकको ठक्करबाट इलाममा एकजनाको घटनास्थलमै मृत्यु

इलाम, माघ १४

ट्रकको ठक्करबाट इलाममा १ जनाको मृत्यु भएको छ ।मेची मार्ग अन्तर्गत ईलाम नगरपालिका ९ मा ट्रकको ठक्करबाट माईजोगमाई गाँउपालिका ३ मानचोक बस्ने २८ वर्षीय सन्जु आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो इलामबाट झापातर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशाबाट जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । मोटरसाइकलमा सवार आचार्यको २ वर्षीय छोरा सरोज र मोटरसाइकल चालक ईलाम सुर्योदय नगरपालिका १० का ४२ वर्षीय उमेस शाह घाइते भएका छन । घाइते दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । ट्रक चालक पाँचथर हिलिहाङ ७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना नियन्त्रणमा छन ।