चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी बुझायो

चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी बुझायो

इलाम , माघ २६ इलाममा चोरी भएको दुई वटा मोटर साइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।झापा साविक धाइजनका रुपेश मेचेको माघ १५ गते घरैबाट हराएको मे ८ प ८९६१ नम्बरको पल्सर मोटर साइकल माघ २३ गते प्रहरीले चुलाचुली गाउँपालिका वडा नं ४ बाट फेला पारेको जनाएको छ ।मोटर साइकलसँगै सोही ठाउँका टेकबहादुर आङदेम्बेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त मोटर साइकल सोमबार प्रहरीले मेचेलाई बुझाएको छ । यस्तै रोङ गाउँपालिका वडा नं ६ का आदर्श राईको मोटर साइकल पनि प्रहरीले फेला पारी मोटर साइकल धनी राईलाई जिम्मा दिएको छ । उनको हराएको पल्सर मोटर साइकल खोजी गर्ने क्रममा फाकफोकथुम वडा नं १ बाट प्रहरीले फेला पारेको हो ।