प्रेम प्रसाद आत्मदाहको एक बर्षः माग अलपत्र, प्रतिवेदन वेपत्ता

प्रेम प्रसाद आत्मदाहको एक बर्षः माग अलपत्र, प्रतिवेदन वेपत्ता

इलामः उद्योग, व्यवसायको दिगोपना र व्यवसायीक वातावरण निर्माणका लागि पच्चिस बुंदे माग सहितको ‘मृत्यु पत्र’ सामाजीक सञ्जाल फेसबुकमा राखेर संघिय संसद भवन अघि आजकै दिन अथवा गत बर्ष माघ ११ गते आत्मदाह गरेका युवा उद्यमी प्रेम प्रसाद आचार्यले उठाएका मागहरु पुरा गर्न न सरकारले चासो देखायो नत उनको आत्मदाह पछि बनेको छानविन समितिको प्रतिवेदन नै सरकारले सार्वजनिक गर्न सक्यो ।
आचार्यकी श्रीमती नानुका अधिकारी सरकारले परिवारलाई समेत छानविन समितिको प्रतिवेदन उपलव्ध नगराएको बताउँछिन् ।
अधिकारीले भनिन् ‘शुरुमा सम्बेदनशिल जस्तो देखिएको सरकाले एक बर्षमा एउटा माग पनि सम्बोधन गरेन ।’ सरकारले उनको मागलाई वास्तै नगरेको उनको आरोप छ । उनले प्रेमप्रसादले उठाएका माग सम्बोधन गर्न सरकारलाई घचघच्याउन सरोकारवाला सबैलाई आग्रह गरिन् ।
अधिकारीले भनिन् ‘मैले जुन दुःख अहिले भोग्नु परेको छ , त्यो अरु व्यवसायीले भोग्नु नपरोस् भनेर (प्रेम प्रसाद) जानु भएको छ । हामीले सरकारलाई माग पत्र बुझाएका थियौै, सरकारले २१ दिनको समय मागेको थियो । तर, एक बर्षमा पनि केही गरेन ।’
उनले आचार्यको निधन पछि परिवार चलाउन समेत समस्या परिरहेका बताइन् । उनले भनिन् ‘जिन्दगी चलाउनै पर्ने रहेछ,त्यतीवेला सहयोग गर्छु भन्नेले अहिले सम्म केहि गरेनन् ।’ नानी पढाउछु भन्नेले पनि त्यो व्यवस्था नगरेको उनले गुनासो गरिन् ।
वर्तमान सरकारका स्वास्थ्य मन्त्री मोहन बस्नेतले दुबै छोरीको पढाइको व्यवस्था गर्ने अधिकारीलाई जागिर दिने घोषणा गरेर चर्चा बटुलेका थिए । अधिकारीले भनिन् ‘त्यो सबै भाषण मात्रै रहेछ, नानी पढाई दिन्छु भन्नु भएको थियो तर अहिले सम्म वास्ता गर्नु भएन ’
अधिकारी अरनीको याताया प्रालीमा काम गर्छिन् तर अहिले सम्म पारिश्रमीक नतोकेको उनले गुनासो गरिन् ।
राष्ट्रिय कृषक समूह महासंघका सस्थापक अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले राज्यलाई किसान र व्यवसायीको कुरा सुनाउन प्राण आहँुती नै दिनु पर्ने र त्यती हुँदा पनि कुरा सुन्ने अवस्था नरहनु दुर्भाग्य पुण रहेको बताए । दुई दसक देखि कृषकको पक्षमा आवाज उठाई रहेका अभियन्ता अधिकारीले भने ‘ नेपालमा कृषि, उद्योग, यर्पटन र युवाहरुको सम्भावना देखाएपनि सकारको चासो भने सुन्य प्राय छ ।’ उनले स्वर्गिय आचर्यले उठाएका सवालमा लामो वहस हुनु जरुरी रहेका बताए । उनले भने ‘प्रेम प्रसादले गर्नु भएको पैरवीलाई निरन्तर उठाउनु जरुरी छ ।’
अधिकारीले भने ‘राज्यका अनेक अनियमितता र भ्रष्टाचारलाई पनि उजागर गर्नुभएको छ । यो गभ्भिर छ ।’
इलामको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले स्वर्गिय राईका माग एक बर्षमा पनि सरकारले नसुन्नु दुभाग्य पुर्ण भएको बताए । उनले भने ‘आचार्यले उठाएका सवाल उद्यमी, व्यवसायीका आम सवालहरु हुन्, राज्यले तत्काल सम्बोधनका लागि काम शुरु गर्नु जरुरी छ ।’
आचार्यले राष्ट्रिय उत्पादनमा भ्याट सुन्य गर्नुपर्ने, अनुदान प्रणाली सहज गर्नु पर्ने लगायतका २५ बुंदे माग अघि सारेका थिए ।