इलाम , पौष २२ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अधिवेशनको बेला भएको प्रतिस्प्रर्धालाई बिर्सेर सहकार्यका गर्दै अघि बढ्न कार्यकताई अनुरोध गर्नुभएको छ । नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यक्रममा विहिबार कार्यकर्तालाई सम्बोधन गदै १४ औं महाधिवेशन पछि कांगे्रस रुपान्तरित भएको बताउनु भएको छ । केन्द्रदेखि टोलसम्मका कार्यकर्तालाई जिम्मेवार बनाउदै सक्रिय बनाउने बताउनु भयो ।शर्माले एजले होइन एजेण्डाले बलियो हुन पर्छ भन्दै कांग्रेसमा पाको पुस्ता सहित युवा पुस्ता स्थापित भएको बताउनु भयो । शर्माले लोकतन्त्र र विकासको पक्षमा कांग्रेस नचुक्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गर्नु भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले देशभरबाट इलाममा कांग्रेसलाई पहिलो बताउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । दश वटै स्थानीय तहमा टोल समिति गठन गरीरहेको भन्दै खड्काले पार्टीको जिल्ला कार्यालय निर्माणको काम थालनी गरेकोले सबै ार्यकर्तालाई सहयोग गर्न अनुरोध गर्नु भयो । यसै बीच राजनितिक प्रतिसोध र आवेगले संसदलाई बन्धक बनाउन नहुने शर्माले बताउनु भएको छ । नेपाल प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा शर्माले नेकपा एमालेले संसद गतिरोध गर्नु उपयुक्त नहुने बताउनु भयो । एमालेले संसदलाई अबरुद्ध गरेर सम्बादमा सहभागी नभएको र सर्वदलीय बैठक चल्न नदिएको आरोप लगाउनु भएको छ ।
प्रतिक्रिया