logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • रुकुम घटनाको बिरोधमा इलामको मंगलबारेमा प्रदर्शन

    रुकुम घटनाको बिरोधमा इलामको मंगलबारेमा प्रदर्शन

    पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा नवराज विकसहित ६ जना युवाको हत्याको

    विरोधमा बिहीबार इलामको देऊमाई नगरपालिकास्थित मंगलबारे बजारमा विरोध प्रदर्शन भएको छ ।

    पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति, देऊमाई नगरपालिकाले आयोजनामा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागिहरुले पींडितलाई न्याय , हत्यारालाई कारबाही , संविधानको कार्यान्वयन , जातीय विभेदको अन्त्य गर्न माग गरेका छ्न । नारासहित बजार परिक्रमा गरेर चोकमा बजारमा विरोध सभा सम्पन्न भयो ।

    विरोध प्रदर्शनमा दलित अधिकारकर्मी एवं नेकपा इलामका कार्यालय सचिव नवराज शंकर, रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति देऊमाईका संयोजक टिका परियार मंगलबारे उद्योग वाणिज्य संघका उपाध्यक्ष मानबीर ल्वागुन, उत्पीडित वर्ग उत्थान नगर समन्वय समितिका अध्यक्ष टिकाराम बराईली, सचिव राजु दुधराज, दलित अधिकारकर्मी सीता ल्वागुन, भक्त दुधराज, लोकेन्द्र दुधराज लगायतको उपस्थिति रहेको थियो ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ २२, बिहीबार १७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP