logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • निशान पदयात्रा पौष २४ देखि ,स्वागतको लागि गेट, विश्रामको लागि चौतारी

    निशान पदयात्रा पौष २४ देखि ,स्वागतको लागि गेट, विश्रामको लागि चौतारी

    इलाम । इलाममा ऐतिहासिक निशान पदमार्गमा यही पौष २४ देखि २६ गतेसम्म  पदयात्रा  शुभारम्भ हुने भएको छ । नेपाल एकीकरणका बेला  पूर्वी सीमा विजय गरेर गाडिएका निशान ल्याइएको बाटोलाई पहिचान गरी निशान पदमार्गको रुपमा विकास गरिएको छ ।

    नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पछि नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई पहिचान गरी पदमार्ग तयार गरिएको छ  । भारतको नागरी गढीमा इलाम देखि टिस्टा सम्मको प्रशासनिक कार्यको लागि तत्कालीन समयमा श्रीनाथ पल्टन निशान सहित परिचालन भएको थियो । सुगौली सन्धी पछि  पूर्वको भू–भाग विजय गरेर गाडेका निशान  फर्काएर इलाम ल्याइएको  पूर्व प्राध्यापक जानकार युद्यप्रसाद वैद्यले बताउनु भएको छ ।  यो पदमार्गले इलामको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य तय हुने  वैद्यले बताउनु भयो ।  

    ऐतिहासिक र धार्मिक महत्वको निशान इलाम सम्म ल्याउन राखिएका स्थानलाई जोडने बाटो इलाम जिल्लाको सूर्योदय नगरपालिका , माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकामा पर्दछ । स्थानीय सरकारले  निशान पदमार्गको रुपमा व्यवस्थापन गरी पदयात्राको  तयारी गरेको हो । पदमार्गमा सरसफाई लगायत व्यवस्थापनको कार्य गरी सकिएको सूर्योदय नगरपालिका ४ का  वडाध्यक्ष शरण राईले बताउनु भएको छ । 

     नेपाल भारत सिमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको स्थान माई स्थान मन्दिरसम्मको दुरी करिब ४१.१ किलोमिटरको रहेको यस अघि नै अध्ययन गरिएको छ । निशान पदमार्गको रुपमा  दिन अघि जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा निशान पदमार्ग स्थलगत रुपमा भ्रमण गरिएको इलाम नगरपालिका ७ का वडाअध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो । निशान पदमार्गमा पर्ने इलाम नगरपालिको ८ स्थित मार्गमा सम्याउने , झाडी फाँड्ने र सरसफाइको कार्य स्थानीयबासी संघ संस्था तथा नगर प्रहरीको सहभागितामा सम्पन्न गरिएको इलाम नगरपालिकाका वडा अध्यक्ष दलमान तामाङले बताउनु भयो ।

    इलाम नगरपालिका तर्फ पदयात्री पौष २६ गते आई पुग्नेछन् उनीहरूको स्वागतको लागि हरितनगर महिला समूह संस्थाले व्यवस्थापन गर्ने जनाइएको छ ।  इलाम तर्फ पर्ने पदमार्गमा सरसफाइ तथा पदयात्री विश्राम गर्न बासको अस्थायी चौतारा बनाइएको हरित नगरी महिला समुहकी अध्यक्ष रिना घिमिरेले बताउनु भयो ।

    नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पुस  २४ गते बिहान पदयात्राको शुभारम्भ गरिने र  सोही दिन निशान राखिएको अर्को स्थान सुर्योदयनगरपालिका ११ करफोकको पूर्णेडाँडामा आएर बास बस्ने कार्यक्रम तय गरिएको छ । भोलिपल्ट पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ । उद्घाटन पछि सोही दिन पदयात्रा निशान राखिएको अर्को स्थान माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्ती टारमा आएर बास बस्नेछ ।  २६ गते बिहान नामसालिङ हात्तीटार बाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै हाल निशान राखिएको  इलाम नगरपालिका ७ माई स्थान मन्दिर स्थित माई स्थानमा आएर पदयात्राको समापन गरिने आयोजकले जनाएको छ ।  माईजोगमाई गाउँपालिका  ४ हात्ती टारमा जहाँ निशान राखिएको अर्का स्थान र माईजोगमाई गाउँपालिकाको क्षेत्रमा पर्ने पदमार्गमा सरसफाई पदयात्रीको व्यवस्थापन खानपान , पदयात्रीको सत्कार, बासको लागि व्यवस्थापनको कार्य तीव्र रूपमा भइरहेको  स्थानीय सुरेश भट्टराईले जानकारी दिनु भएको छ । स्वागतको लागि गेट निर्माण , निशान राखिएको स्थानको सजिसजाउ गरि तयारी गरिएको भट्टराईले बताउनु भयो । पदयात्रामा सय बढी सहभागी हुने तय भएको छ । 



    निगरानी    
  • २०८१ पुष २३, मंगलवार १७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP