logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाममा कांग्रेसले झलनाथलाई भोट हाल्नु पर्दैन :आङदेम्बे

    इलाममा कांग्रेसले झलनाथलाई भोट हाल्नु पर्दैन :आङदेम्बे

    इलामः नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले नेपाली कांग्रेसका कार्यकर्ताले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा झलनाथ खनाललाई गठबन्धनको उममेदार बनाउने हल्ला निराधार रहेको प्रष्ट पारेका छन् ।
    घरघर जाऔं कांग्रेस जिताउँ भन्ने अभियानको क्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न १ ‘क’ले माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै विपक्षीले चलाएको हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे । उनले भने ‘इलाममा काग्रेसका कार्यकर्ताले नेकपा एकिकृत समाजवादीको नेता झलनाथ खनाललाई भोट हाल्ने दिन आउदैन ।’
    उनले अधिवेशनको मनमुटाव बिर्सेर अघि बढ्नु पर्ने बताए । चौधौ महाधिवेशन पछिको कांग्रेस रुपान्तरीत कांग्रेस भएको उनको दावी छ । उनले अहिलेको अभियानले ७५३ स्थानीय तहलाई जोडेर उत्साहको संचार गरेको बताए ।
    उनले पार्टीको घोषणा पत्र निर्माण लगायतको काम केन्द्रमा भइरहेको जानकारी गराउँदै स्थानीय आवश्यकता अनुसारको स्थानीय घोषणा पत्र निर्माणमा लाग्न आग्रह गरे ।
    काग्रेसमा प्रचार गरिएजस्तो मतभिन्नता नरहेको बताए उनले भने ‘अहिले कांग्रेस एक ढिकका भएर उभिएको छ, यो प्रकारको एकमत यस अघि कहिल्यै थिएन ।’
    उनले काग्रेसलाई गाली गर्ने सबै विपक्षहरु अहिले कांग्रेससंग आश्रय खोजी रहेको बताए । उनले भने ‘ उनीहरु कांगे्रसको सहारामा अर्को कम्युनिष्ट भन्दा ठूलो दल बनने प्रयासमा छन् । सो अवसरमा नेपाली काग्रेसको प्रदेश सभा क्षेत्र न १ ‘क’को कार्यलयको उद्घाटन गरिएको थियो ।
    प्रदेश सभा सभापति मैया लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय प्रतिनिधि सरिता प्रसाईले केनिद्रय समितिले आव्हान गरेको एक महिने अभियानमा लाग्न सबैलाई आग्रह गरिन । कार्यक्रममा जिल्ला सभापनि डम्बर खड्का, नेता भेषराज आचार्य, केशब थापा, हिमालय कर्माचार्य नेपाली कांग्रेस क्षेत्र न १ का समापति शमशेर राई लगायतले बोलेका थिए ।



    निगरानी संवाददाता    
  • २०७८ चैत्र ९, बुधबार ०४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP