logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • माई नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

    माई नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

    इलाम , बैशाख २३ इलामको माई नगरपालिकामा संक्रमण रोक्नका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय भएको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले बैशाख २३ गते राती १२ बजेबाट आगामी ३१ गतेसम्म लागु हुने गरी अत्यावश्यक बाहेका सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । इलाम र झापामा कोरोना संक्रमण बढ्दै गएकोले झापा सग सिमा जोडिएको यो नगरपालिकामा जोखिम रहेकोले यस्तो निर्णय गरिएको थेबेको भनाइ छ ।
    खाध्य सामाग्री विक्री गर्ने पसलहरु विहान ६ बजेबाट ११ बजेसम्म खुल्ला गर्ने र औषधी पसल बाहेक अन्य सम्पुर्ण पसलहरु बन्द गर्ने नगर प्रमुख दिपककुमार थेबेले बताउनु भयो । यस्तै नगरले यात्रु ओसारपसार गर्ने सार्वजनिक साधनहरुलाई बन्द गरिने भएको छ । औषधी, खाध्य सामाग्री, दुधको ट्याङ्कर लगायत दैनिक आवश्यक सामाग्री र निर्माण सामाग्री ढुवानी गर्ने साधनहरु संचालनका लागि अवरोध नगरिने जनाइएको छ ।
    वडा कार्यालयबाट दिइदै आएको सेवाहरु मध्ये अत्यावश्यक बाहेका अन्य सेवाहरु बन्द गरिने छ ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख २३, बिहीबार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP