इलाम नगरपालिकामा ‘कोरोना नागरिक सुरक्षा कोष ’

इलाम नगरपालिकामा ‘कोरोना नागरिक सुरक्षा कोष ’

इलाम चैत्र १३

कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्न इलाम नगरपालिकाले कोरोना नागरिक सुरक्षा कोष स्थापना गरेको छ । कोषमा नगरपालिकाले तत्काल १० लाख रुपैया रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने जनाएको छ इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भएको छ ।

इलाम नगरपालिका स्थापना गरेको कोषमा इलाम नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सुविधा बराबरको रकम तत्काल जम्मा गर्ने जनाइएको छ । कोषमा स्वेच्छिक रुपले योगदान गरी सहयोग गर्न इलाम नगरपालिकाका कर्मचारी, शिक्षक, इलाम नगरपालिकाका विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आव्हान समेत गरेको छ । इलाम नगरपालिकाको यस आव्हान अनुसार इलाम नगरपालिकाका कर्मचारी र शिक्षकहरुबाट १ दिन बराबरको तलव जम्मा गरिने भएको छ ।

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउनको समयमा औषधिको नियमित आपूर्ति गरी औषधि अभाव हुन नदिने व्यवस्थाका लागि इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय र औषधि व्यवसायी संघ बीचको छलफल गरी नगरपालिकाले औषधि ढुवानीको व्यवस्था मिलाउने भएको छ ।
इलाम नगरमा खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्रीहरुको नियमित आपूर्ति व्यवस्था मिलाई सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय इलाम र इलाम उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गर्ने भएको छ । अत्यावश्यक औषधि तथा चिकित्सा क्षेत्रका लागि आवश्यक सामग्रीहरुको व्यवस्था मिलाउनका लागि संघीय सरकार र १ नं. प्रदेश सरकारमा अनुरोध गर्ने जनाइएको छ ।
इलाम नगरपालिका ६ मा रहेर्को डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताल सिंगफ्रिङ्गमा बनाइएको क्वारेन्टाइनमा इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका ६ जनालाइ राखिएको छ । इलाम नगरपालिकाका ३ जनालाई सेल्फ क्वारेन्टाइनमा आप्mनो घरैमा बस्न अनुरोध गरिएको छ ।
कोभिड १९ प्रभावित देशहरुबाट यात्रा गरी केही समयअघि घर आएका व्यक्तिहरुलाई सावधानी अपनाउन, सेल्फ क्वारेन्टाइनमा बस्न र अस्पतालमा सम्पर्कमा आउन वडाध्यक्षहरु मार्पmत आव्हान गरिसकेको जनाएको छ ।