आइतबारदेखि माङसेबुङ गाउँपालिकाको सेवा एक साता बन्द

आइतबारदेखि माङसेबुङ गाउँपालिकाको सेवा एक साता बन्द

इलाम बैशाख २५ माङसेबुङ गाउँपालिकाको सेवा एक साता बन्द गरिएको छ ।वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।
गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको तथा अन्य कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेको भन्दै गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनु भयो । कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको वैसाख २६ गतेदेखि एन्टिजिन परिक्षण गर्ने जनाइएको छ ।