logo
  • २०८३ भाद्र २६, शुक्रबार | Fri, 11 Sep 2026
  • इलाममा थप ५ जनामा कोरोना संक्रमण , संक्रमित सबै सशस्त्र प्रहरी

    • निगरानी
    • २०७७ श्रावण १६, शुक्रबार १२:१९ गते
    इलाममा थप ५ जनामा कोरोना संक्रमण  , संक्रमित सबै सशस्त्र प्रहरी

    इलाम साउन १६

    इलाममा शुक्रबार थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।इलाम सदरमुकाम स्थित सशस्त्र प्रहरीको एक नम्बर गणका पाँच जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले बताउनु भयो ।गत ११ गते ३२ जनाको स्वाब संकलन गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको बरालले बताउनु भयो ।

    आज थपिएका नयाँ संक्रमितसँगै सशस्त्र प्रहरीका १० जना संक्रमित भएका छ्न ।इलाममा संक्रमितको संख्या ४० पुगेको छ । निको भएर २४ जना घर फर्किएका छ्न ।



    निगरानी    
  • २०७७ श्रावण १६, शुक्रबार १२:१९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP