हिमाल बचत तथा ऋण सहकारी संस्था द्वारा इलाममा स्वास्थ सामाग्री वितरण

हिमाल बचत तथा ऋण सहकारी संस्था द्वारा इलाममा स्वास्थ सामाग्री वितरण

इलाम , जेठ ३१ ।
इलाममा रहेको हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लाका विभिन्न स्वास्थ संस्थामा स्वास्थ सामाग्री वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रणमा सघाउ पुर्याउन आर एम डिसि काठमाडौंकाे आर्थिक सहयोगमा सोमबार माई नगर अस्पताल ,इलाम नगरपालिका वडा नं.३ र ८ काे स्वास्थ्य केन्द्र , सन्दकपुर गाउँ पालिकाकाे वडा नं.३काे लुरिङटार स्वास्थ्य केन्द्र ,देउमाई नगरपालिकाकाे मंगलबारे र शान्तिडांडाकाे स्वास्थ्य केन्द्रमा स्वास्थ सामाग्री बितरण गरिएको संस्थाले जनाएको छ । एक लाख बराबरको स्वास्थ सामाग्री स्थानीय स्तरमा नै पुगेर बितरण गरेकाे छ । पिपिइ सेट , मास्क , सेनिटाइजर , पल्स अक्सिमिटर , फेससिल्ड , थर्मल गन र सक्सन मेसिन हस्तान्तरण गरेको जनाइएको छ ।