रेडक्रस स्वयंसेवकलाई कोभिड १९ सम्बन्धी अभिमुखीकरण इलाममा सम्पन्न

रेडक्रस स्वयंसेवकलाई कोभिड १९ सम्बन्धी अभिमुखीकरण इलाममा सम्पन्न


इलाम ,साउन १६ ।

नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका भोलेन्टरहरुको लागि कोभिड १९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ । ‘कोभिड १९ खोप अभियानमा सहयोग परियोजना’ अन्र्तगत इलामका दश वटै पालकालाई सहयोग पु¥याउने उदेश्यले १० जना भोलेन्टरलाई सोसाइटीले शनिबार तालीम दिएको छ । तालीममा सहभागीलाई इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरका औषधी विशेषज्ञ डाक्टर विवेक अधिकारीले सहजीकरण गर्नु भएको छ । डाक्टरले सिकाएको अनुसार कोभिड संक्रमितलाई सचेतना दिने नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका कर्मचारी वसन्त तिम्सिनाले बताउनु भयो । भोलेटन्टरले कोभिड संक्रमितको तथ्याङ्क संकलन गर्ने , कोभिड संक्रमण भएपछि होम आसुलेसनमा अप्नाउनु पर्ने स्वास्थ्य सर्तकता र सचेतता बारे घरघरमा पुगेर सहयोग गर्ने तिम्सिनाले बताउनु भयो । रेडक्रसको दिएको विधिमा प्रत्येक दिनको रेर्कड संकलन गर्नेछन र स्थानीय तहलाई पनि सहयोग गर्ने । स्वीजल्याण्ड रेडक्रसको सहयोेगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयले झापा जिल्लालाई लक्षित गरी सहयोग गरेकोमा इलाममा पनि कोरोना संक्रमण बढ्दै गएपछि परियोजना इलामा संचालन भएको जनाइएको छ । अभिमुखी कार्यक्रम नेपाल रेडक्रस सोसाइटी इलाम शाखा अध्यक्ष शिव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।