पाँचथर बैशाख ३० ।
पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय पुरुषको पाँचथर अस्पतालमा मृत्यु भएको हो ।कोभिड १९ जिल्ला फोकल पर्सन तेज तुम्बापोका अनुसार राती दुइ बजे अस्पताल भर्ना भएका उनको अस्पतालमै मृत्यु भएको हो । अवस्था जटिल भएपछि उनलाई पाँचथर अस्पताल ल्याइएको थियो ।गत २४ गते स्वाब संकलन गरी प्रदेश ल्याबमा परीक्षण गरिएको थियो । २६ गते आएको रिपोर्टमा उनलाइ कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
प्रतिक्रिया