logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • बाढी पहिरोका कारण इलाममा एकैघरका ४ सहित १३ जनाको मृत्यु

    बाढी पहिरोका कारण इलाममा एकैघरका ४ सहित १३ जनाको मृत्यु


    प्रदिप खड्का,इलाम , कात्तिक ३
    : अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण इलाममा एकैघरका ४ सहित १३ जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म पहिरोले पुरेर ११, खोलाले बगाएर र रुखले किचेर १-१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २ बेपत्ता र ४ घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
    प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको हो । फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षे आइतबहादुर राई, वडा ३ का ८६ वर्षे नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षे निश्चित कटवालको मृत्यु भएको छ । उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो ।
    माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षे हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्याेदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षे विशाल तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ । देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय बेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहींकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ कार्तिक ३, बुधबार १८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP