इलाम माघ १३
इलामको रोङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विहिबार बिहान रोङ गाउँपालिका ४ पहिरो स्थित मेची राजमार्गमा दुर्घटनामा परी झापा मेचीनगर ४ बाहुँनडागीका ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको छ । १ जना घाईते भएका छन ।प्रदेश १ – ०१००१ च ७९१६ नम्बरको पिकअप झापाबाट इलाम आउदै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको हो । दुर्घटनामा दुर्घटनामा सवारी चालक अर्जुन कोइराला घाईते भएका छन । उनको झापाको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया