हङकङबाट बृद्धाश्रमलाई दीदीको सहयोग, भाईले गरेर हस्तान्तरण

Share This
  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

इलाम, बैशाख १६ । इलाम नगरपालिका १० गोदक राजदुवाली स्थित माई भगवती बृद्धआश्रमलाई सहयोग खाद्यय र सुरक्षा सामाग्री उपलब्ध गराइएको छ । हङकङमा बस्दै आउनु भएका इलामनगरपालिका ६ पिपलबोटेकि दिपा तिखत्रीले आश्रममा आश्रित बृद्धबृद्धाका लागि खाद्यय सामाग्रीहरु चामल, तेल, नुन, दाल, बिस्कुट सहित १७ थान मास्क उपलब्ध गराउनु भएको हो । दिपाले आफनो भाई दिवस तिखत्री मार्फत खाद्यय र सुरक्षा सामाग्री बृद्धाश्रममै पुगेर उपलब्ध गराउनु भएको हो ।

बिश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण नेपाल पनि प्रभावित भइरहेको छ । जस कारण सरकारले गत चैत ११ गतेबाट देशमा लकडाउन गरेको छ । कडाउनको परिस्थितिमा आश्रित बृद्धबृद्धाको लागि दाताहरुको अभाव भएको महसुस गरेर सहयोग दिपा तिखत्रीले बताउनुभयो । बरबोटेमा रहेको बौद्धिक अपाङ्गता केन्द्रलाई समेत खाद्यान्न उपलब्ध गराउने दिवस तिखत्रीले जानकारी दिनुभयो ।