वडा ८ मा नवनिर्मित भवनको उद्घाटन

वडा ८ मा नवनिर्मित भवनको उद्घाटन


इलाम ,कात्तिक १७।

इलाम नगरपालिकाले निर्माण गरेको  ८ नम्बर वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।  नगरप्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्वाङले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । ५७ लाख ४८ हजार ६ सय ३० रुपैयाँको लागतमा दुई तले वडा भवन निर्माण गरिएको वडा कार्यलयले जनाएको छ ।  नवनिर्मित भवन अपाङ्गमैत्री रहेको वडा सदस्य डाक प्रसाद दुलालले बताउनु भएको छ । कार्यक्रममा जग्गादाता कृष्ण नारायण श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठले आमा बुबाको नाममा वडाको लागि ३ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनु भएको हो ।
भवनको पहिलो तलामा सभा हल  सौचालय निर्माण गरिएको छ । पहिलो तलामा दुईवटा अफिस कोठा, एउटा सोधपुछ कक्ष, एउटा सौचालय र सौचालय समेत रहेको छ ।  वडा अध्यक्ष होम बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम नगर प्रमुख  महेश बस्नेतको प्रमूख आतिथ्यमामा भएको थियो । कार्यक्रममा  वडा न. ८ को वडा प्रोफाइल बिमोचन  गरिएको छ । म नगर प्रमुख  महेश बस्नेतको प्रमूख आतिथ्यमामा भएको थियो । कार्यक्रममा  वडा न. ८ को वडा प्रोफाइल बिमोचन  गरिएको छ ।