logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • पाठेघरको मुखको क्यान्सरका विरामीको लागि इलाममा क्रायोथेरापी सेवा

    पाठेघरको मुखको क्यान्सरका विरामीको लागि इलाममा क्रायोथेरापी सेवा


    इलाम ,पुस ४ । पाठेघरको मुखको क्यान्सरको सुरुवाती उपचार अब इलामा नै हुने भएको छ । जसको लागि इलाममा क्रायोथेरापी मेसिन इलाममा ल्याइएको छ । इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघ इलामका सभापति सरोज बैद्यलाई एक सेट क्रायोथेरापी मेसिन आज एक कार्यक्रमको बीच हस्तान्तरण गर्नु भएको छ । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट सो समाग्री खरिद गरिएको हो । यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण मात्र हुदै आएको थियो भने उपचारका लागि धरान रेफर गर्नुपर्ने अवस्था थियो ।
    पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकाहरुलाई सेक्ने प्रविधिमार्फत उपचार गरिने संघका प्राविधिक लाक्पा लामाले बताउनु भयो । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन संघ इलाम शाखाले भोलिबाट नै उपचार शुरु गर्ने संघका प्रमुख कमल सुवेदीले बताउनु भयो । सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष नरेश श्रेष्ठले वडाबासी पाठेघरको क्यान्सरको लक्षण देखिएकाहरुको उपचार गर्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको बताउनु भयो । पुस ११, १२ र १३ गतेका लागि पाठेघरको निशुल्क चेकजाँचको लागि सदरमुकाम स्थित सिटीहलमा ७ नम्बर वडा कार्यालयले शिविरको आयोजना गरेको र सोको सेवा लिन २० देखि ५५ बर्षका सबै महिलाहरुलाई उपस्थित हुन वडाध्यक्ष श्रेष्ठले अनुरोध समेत गर्नु भयो ।



    निगरानी संवाददाता    
  • २०७९ पुष ४, सोमबार १५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP