logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • मेची राजमार्गमा पर्ने भालुखोपमा बोलेरो दुर्घटना , दुई जना घाइते

    मेची राजमार्गमा पर्ने भालुखोपमा बोलेरो दुर्घटना , दुई जना घाइते


    इलाम जेठ ३१।

    इलामको सूर्योदय नगरपालिका ११ स्थित भालु खोपमा गएराति बोलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । इलाम नगरपालिका १० गोदक नारायणचोकबाट तीनघरेतर्फ जादै गरेको को १ च ४३१५ नं. को बोलेरो पिकअप मेची राजमार्गमा पर्ने भालुखोपमा दुर्घटना भएको हो । गाडी सडकबाट ५सय मिटर तल झर्दा बोलेरोचालक ५२ बर्षीय डिल्ली श्रेष्ठ र सहचालक ४० बर्षीय रुपक श्रेष्ठ घाइते भएका हुन् । उनीहरुको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । सहचालक श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गाडी घटनास्थलमा रहेको छ ।



    निगरानी संवाददाता    
  • २०७८ जेष्ठ ३१, सोमबार ०८:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP