काठमाडौं , मङ्सिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । आज बिहान सम्पन्न भएको मतगणना अनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकोमा लिङदेनको पक्षमा लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएउनुभएकाे छ । ४३१ मत भने बदर भएको छ ।अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गर्नुभएको छ ।
प्रतिक्रिया