इलामको अन्तु स्थित चिया कारखानामा आगलागी

इलामको अन्तु स्थित चिया कारखानामा आगलागी

इलाम माघ २

इलामको सूर्योदय नगरपालिका ५ स्थित श्रीअन्तुमा रहेको इलाम टी स्टेट  चिया कारखानामा आगलागि भएको छ । कारखाना पुणर््ारुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुले जानकारी दिनु भएको छ ।  आज अपरान्न सुरुभएको आगलागी  नियन्त्रणमा  झापा र इलामका दमक प्रयोग भएका छन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रण गर्न प्रयास गरेपनि  नियन्त्रण हुन सकेन । कारखानाको भौतिक संरचना सहित उत्पादित चिया नष्ट भएको छ । क्षतिको विवरण आउन केही समय लाग्ने जनाइएको छ ।