नेपालसहित ४ नेतामाथि कारबाही फुकुवा ,एमाले विभाजन टर्न सक्छ !

नेपालसहित ४ नेतामाथि कारबाही फुकुवा ,एमाले विभाजन टर्न सक्छ !

काठमाडौ बैशाख ३०। राजीनामा दिन ठिक्क परेका माधवकुमार नेपाल समूहका २० सांसदहरु एकाएक रोक्किएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ४ नेतामाथि कारबाही फुकुवा गरेपछि नेपाल रोक्किएका हुन् ।

विभाजनको विपक्षमा रहेका नेपाल समूहका सुरेन्द्र पाण्डे र योगेश भट्टराईले यसलाई सकारात्मक भनिसकेका छन् । लगत्तै माधव नेपालले कोटेश्वरमा शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराईलाई डाकेर कानुनी परामर्श गरेका छन् । यसले एमाले विभाजन हाललाई टर्न सक्ने देखिएको छ ।

तर, माधव नेपाल अगाडि बढिसकेको अवस्था छ । उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग भद्र सहमति गरिसकेका छन् ।

२० जना प्रत्यक्ष निर्वाचित सांसदहरुको राजीनामा गर्ने सहमति बनाएर राजनीतिक लेनदेनको कुरा मिलाएका छन् । जसमा नेपाल भविष्यमा चुनावी सरकारको प्रधानमन्त्री बन्ने विषय छ । प्रत्यक्ष निर्वाचित २० जनाको सामूहिक राजीनामापछि ओलीविरोधी गठबन्धनबाट सबैलाई साझा उम्मेदवार बनाएर जिताउने सहमति समेत बनेको छ । मन्त्रिको संख्या समेत मिलाइसकेका छन् नेपालले ।

ओलीले एकाएक सहमतिको हात बढाएपछि नेपाल अप्ठ्यारोमा परेका छन् । यो घटना विकास भएसँगै नेकपा एमालेको विभाजन टरेको विश्लेषण भइरहेको छ । अबको केही घन्टा निकै महत्वपूर्ण बन्दैछ । रिपोर्टस नेपाल