logo
  • २०८१ कार्तिक २८ | Wed, 13 Nov 2024
  • स्थानीय निर्वाचन : यस्तो उम्मेद्धार खोज्दै दलहरु

    स्थानीय निर्वाचन : यस्तो उम्मेद्धार खोज्दै दलहरु

    सूर्योदय:सूर्योदय नगरपालिका ८ का वडा सदस्य रमेश प्रधानसंग स्थानीय सरकार सञ्चालनको पाँच बर्षको अनुभव छ । पाँच बर्ष सरकारमा रहेर खट्दा उनलाई लाग्न थालेको छ ‘सरकार चलाउन सपना बोकेको नेतृत्व चाहिने रहेछ ।’
    नेपाली कांग्रेसको सूर्योदय नगर कार्यसमितिका उपाध्यक्ष प्रधान स्थानीय तहमा जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृत्व अघि सार्न पार्टी छलफलमा जुटेको सुनाउँछन् ।
    स्थानीय निहारीका समाज सेवा मञ्च, रेडियो फिक्कल र नागरिक चासो अभियानले सूर्योदय नगरपालिकामा रहेका ७ वटा दलका नेतासंग गरेको संवाद कार्यक्रममा उनले भने ‘ जनताको रोग र भोकसंग जुध्ने नेतृत्वको खोजीमा जुटेका छौ ।’ यसपटक जनताको सेवक बन्ने नेतृत्व दिने उनको दावी छ ।
    पुरानो पुस्ता खोज्दा खोज्दै योजना बोकेको पुस्ता ओझेलमा परेको नेकपा एकिकृत समाजवादीका नगर इञ्चार्ज तारा नेपालको बुझाई छ । उनी भन्छन् ‘पार्टीको झोला बोक्ने, युद्ध लडेको, पार्टीको काम गर्ने उम्मेदार खोज्दा खोज्दै गाउँ तहमा समेत योग्य मान्छे पुग्न सकेन ।’ उनी आफ्नो पार्टीले पनि दुरदर्शी र जनप्रिय नेता अघि सार्न लागेको बताए । उनले चाडै आउने स्थानीय घोषणा पत्रलाई कार्यान्वायन गर्ने नेता स्थानीय तहमा उम्मेदार बन्ने बताउँछन् ।
    नेकपा एमाले नगर कमिटिका डिक बम्जनले जनतालाई समान रुपमा व्यवहार गर्ने र सामाजीक रुपमा अब्बल व्यक्तिलाई एमालेले उम्मेदार बनाउने बताए । उनले पाँच बर्षमा स्थानीय सरकारका प्रतिनिधिले जनतालाई भेदभावपुर्ण व्यवहार गरेको आरोप लगाए । उनले भने ‘स्थानीय सरकार जनतालाई समान व्यवहार गर्ने जनप्रतिनिधिको नेतृत्वमा बन्नुपर्ने पार्टीको मान्यता हो ।’
    नेकपा एकिकृत माओवादीका सूर्योदय नगर इञ्चार्ज प्रविण तिम्सीना पछिल्लो पाँच बर्षमा स्थानीय तहका प्रतिनिधिको व्यवहारले जनप्रतिनिधि जनताको सेवक हुन् कि सेवक भन्ने बहस सृर्जना गरेको बताउँछन् । उनी भन्छन् ‘पाँच बर्षमा जनतामा वितृष्ण जागेको छ, अब आशलाग्दो नेतृत्वले स्थानीय तहको नेतृत्व लिनुपर्छ ।’
    राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तेजनाथ शर्मा भेदभाव रहित स्थानीय सरकार निर्माण गर्नुपर्ने बताउँछन् । उनी भन्छन् ‘अबको निर्वाचन पछि घर दैलोमा गएर सेवा दिन्छु भन्ने सरकारका प्रतिनिधिलाई एउटा सिफारीसमा सहि गराउन घण्टौ कुर्नुपर्ने दिनको अन्त्य हुनुपर्छ ।’
    जनता समाजवदीका सूर्योदय नगरपालिकाका अध्यक्ष सुरेन मोक्तान ठेकेदार र ठेकेदारका एजेष्टहरु स्थानीय सरकारमा आउन नदिन मतदाता सचेत बन्नु पर्ने बताउँछन् । उनी भन्छन् ‘योजनाकारहरुको हातमा स्थानीय सत्ता हस्तान्तरण हुनुपर्छ ।’
    मंगोल नेशनल अर्गनाईजेसनका राजन चाम्लिङ जनताको अभिभावक बन्ने सक्ने व्यक्ति स्थानीय तहमा आउनु पर्ने बताउँछन् ।
    तर, मतदाहरु भने स्थानीय सरकारमा पहँुचवालाहरु आउनेमा चिन्तीत छन् । पैसा र पहुँचको भरमा नेतृत्वमा आउने जनप्रतिनिधिले जनताको अपेक्षा अनुसारको काम गर्न नसक्ने उनीहरुको बुझाई छ । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई ‘राईट मेन राईट प्लेस’मा नआए सम्म स्थानीय तहमा जनताको भावना अनुसारको काम नहुने बताउँछन् ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ चैत्र २३, बुधबार १५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP