logo
  • २०८२ असार २७ | Fri, 11 Jul 2025
  • इलामकी सहकारी अभियन्ता बिष्णु दहाल काठमाडौँमा सम्मानित

    इलामकी  सहकारी अभियन्ता बिष्णु दहाल काठमाडौँमा सम्मानित

    काठमाडौँ , चैत ३० ।
    इलामकी समाजसेवी तथा सहकारी अभियन्ता बिष्णु दहाल लिम्म्बु काठमाडौँमा सम्मानित हुनु भएको छ । सहकारीमार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई बुधबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो । दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको हो ।
    जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र हस्तान्तरण गरिन् ।
    २०४८ सालदेखि सहकारी क्षेत्रमा लाग्नु भएकी दहालले महिला हक हितको लागि पनि काम गर्दै आउनु भएको छ । इलाममा सेती देबि बचत तथा ऋण सहकारी संस्थाको सुरु गरि सहकारी अभियानमा लाग्नु भएको थियो । सहकारी सुरु गरेर आर्थिक आय आर्जन गर्न ऋण प्रबाह र बचत गर्ने बानी बिकास गर्न प्रेरित गर्नु भएको थियो । सहकारीको माध्यम बाट महिलाहरुलाई आर्थिक आय आर्जन गर्न सहज भएको थियो ।



    निगरानी संवाददाता    
  • २०७८ चैत्र ३०, बुधबार १८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP