logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • कोरोनाको कहर खाद्यान्न बाँड्दै माईजोगमाई गाउँपालिका

    कोरोनाको कहर खाद्यान्न बाँड्दै माईजोगमाई गाउँपालिका

    चैत २२, इलाम । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यतिखेर बिश्व नै चिन्तित बनेको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि संक्रमितको सङख्या थपिने क्रममा रहेको छ । नेपाल पनि यस रोगको उच्च जोखिममा रहेको बिश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि सरकारले लकडाउन गरेको छ । सरकारले लकडाउन गरेको झण्डै दुई हप्ता पुगेको छ । लकडाउनका लागि यतिखेर हरेक क्षेत्र प्रभावित बनेको छ ।

    अझ बढि गरीब बिपन्न नागरीक एवं बिहान बेलुका काम गरेर छाक टार्ने मजदुरहरु बढि प्रभावित बनेका छन् । यसै क्रममा त्यस्ता समुदायका लागि संघिय सरकारदेखि प्रदेश तथा स्थानीय सरकारले राहात बितरण कार्यलाई तिब्रता दिएको छ । जसअनुरुप इलाममा पनि स्थानीय सरकारले गरिब तथा बिपन्न समुदायका लागि राहात बितरण कार्यलाई तिब्रता दिइरहेका छन् । सोहि क्रममा इलामको माइजोगमाई गाउँपालिकाले पनि गाउँपालिका बासिमा रहेका गरिब तथा बिपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण कार्यालाई अन्तिम चरणमा पुरयाएको छ । गाउँपालिकामा रहको बिपद राहात कोषमा रहेको चारलाख र अन्य शिर्षकबाट जम्मा भएको ३० लाख रुपैंयाबाट बजेट खाद्यान्नको रुपमा १११ क्विटल चामल खरिद गरेर बितरण थालेको हो । सरकारबाट जारी भएको कार्यबिधि अनुसार राहात स्वरुप खाद्यान्न बितरण गरीरहेको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो । गाउँपालिकाले दुईजना सदस्य भएको परिवारलाई १५ केजि, चारजना सम्म भएको परिवारलाई ३० केजि र चारजना भन्दा माथिका परिवार सदस्यलाई थप ३० प्रतिशत बृद्धि गरेर खाद्यान्न बितरण गरीएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले हालसम्म वडा नम्बर ३, ४, ५ र ६ नम्बर वडाका गरिब तथा बिपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरीसकेको छ । गाउँपालिकाले राहात बितरणका लागि गरिब तथा बिपन्न परिवारका सदस्यको लगत संकलन गरेको छ । वडा वडाबाट आएको तथ्याङकबाट पहिलो चरणमा राहात बितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलो चरणमा दुईसय ५० घरधुरीबाट राहातका लागि नाम आएको छ । गाउँपालिकाले सर्बसाधारण नागरिकलाई मास्क बितरण गर्नका लागि प्रत्येक वडामा पाँचसयका दरले उपलब्ध गराईसकेको छ । गाउँपालिकाले ६ हजार थान मास्क खरीद गरेको थियो । यसैक्रममा शनिबार गाउँपालिकाको वडा नम्बर ३ र ४ को नामसालिङमा राहात गाउँपालिका अध्यक्ष जीतबहादुर राई तथा प्रहरी चौकि नामसालिङका प्रहरी सहायक निरीक्षक टेकबहादुर गिरीको उपस्थितीमा बितरण गरेको वडा सदस्य राम घिमिरेले बताउनुभयो ।

    वडा नम्बर ५३ परिवार सदस्यलाई १४ सय ७० केजी चामल बितरण गरेको वडा नम्बर ३ का अध्यक्ष याम प्रसाद लामाले बताउनुभयो । आईतबार सम्म ५३ परिवारलाई बितरण गरिसक्ने वडा सदस्य निर्मल घिमिरेले बताउनुभयो । यस्तै वडा नम्बर ४ मा पनि शनिबारै वडाध्यक्ष गणेश कुमार राई सहित अन्य जनप्रतिनिधिको उपस्थितीमा ३७ परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरेको छ । राहात बितरण कार्य आइतबारसम्म सबै वडामा सक्ने गाउँपालिकाले जनाएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७६ चैत्र २२, शनिबार ०९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP