logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • नेपाली कांग्रेस इलामद्धारा मतदातालाई अपिल

    नेपाली कांग्रेस इलामद्धारा  मतदातालाई अपिल

    इलाम । इलामबासी जनताले आगामी पाँच वर्षको लागि भाग्य र भविष्य निमार्ण गर्ने सुनौलो अवसर आसन्न स्थानीय तह निर्वाचनबाट प्राप्त हुने भन्दै नेपाली कांगेसलाई मतदान गर्न नेपाली कांगेस इलामले अपिल गरेको छ । नेपाली कांग्रेसका उम्मेद्धारलाई विजयी गराउन इलामेली जनता व्यग्र प्रतिक्षामा रहेको भन्दै नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र तालमेल गरेको स्थानमा गठबन्धका उम्मेद्धारलाई मतदान गर्न अपिलमा भनिएको छ । विकास , सम्मुन्नती र सुखको सपना साकार पार्न नेपाली कांग्रेस र गठबन्धनमा रहेका दल मत माग्न इलामबासीको घर दैलोमा पुगीसकेको उल्लेख गर्दै कांग्रेस पार्टीले छनौट गरेका सक्षम उम्मेद्धारहरुलाई स्थानीय सरकारमा निर्वाचन गरेर आफ्ना कर्तव्य पुरा गरिदिन जिल्लाबासी मतदातालाई अपिल गरिएको छ ।



    निगरानी संवाददाता    
  • २०७९ बैशाख २७, मंगलवार १६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP