इलाममा तारजाली र सिसि क्यामेरा सहित मतगणना स्थल तयारी

Share This
  •  
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
इलाममा तारजाली र सिसि क्यामेरा सहित मतगणना स्थल तयारी


इलाम मंसीर ३
: इलाममा मतणनास्थलको व्यवस्थापन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलय इलामका प्रमुख देविचरण फुयालले जानकारी दिनु भएको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना सदरमुकाम स्थित गौतम बुद्ध सभाहलमा गरिनेछ ।

गणनास्थलमा तारजाली लगाइएको छ भने सिसि क्यामेरा सहितको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिनु भएको छ । गणना स्थलमा मिडिया डेस्क राखिने भएको छ भने आवश्यक तयारी गरिएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिनु भएको छ ।

इलाम क्षेत्र नम्बर १ को सुर्योदय नगरपालिका १० स्थित पालिकाको भवन गरिने प्रबन्ध गरिएको इलाम क्षेत्र नम्बर १ निर्वाचन अधिकृत राजकुमार दहालले बताउनु भएको छ ।