रोङ गाउपालिका वडा नम्बर १ मा काग्रेसका मनोहरी खड्का बिजयी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
रोङ गाउपालिका वडा नम्बर १ मा  काग्रेसका मनोहरी खड्का बिजयी


इलाम जेष्ठ १

इलामको रोङ गाउपालिका वडा नम्बर १ मा नेपाली काग्रेसका मनोहरी खड्का बिजयी भएका छन् । एमालेका उम्मेद्वार मनोज खड्कालाइ १ सय २२ मतले उछिन्दै मनोहरि बिजयी भएका हुन् । खड्का दाजुभाईका छोरा हुँन । मनोहरिले ६ सय १० मत पाउदा मनोजले ४ सय ८८ मत पाएका छन् । वडा सदस्यमा नेपाली काग्रेसको उम्मेद्वारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा बिजयी भएका हुन् । दलित महिला एमालेकी उम्मेद्वार लक्ष्मी नेपाली विजयी बनेकी छन ।
वडा नम्बर १ को मत गणना सकिदा गाउपालिका अध्यक्षमा नेपाली काग्रेसका उम्मेद्वार सुवास तामाङको २ सय १३ मतको अग्रता आएको छ । एमालेको मेहरमान तामाङले ४ सय ८४ मत ल्याउदा नेपाली काग्रेसका सुवास तामाङले ६ सय ९७ मत पाएका हुन् ।त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली काग्रेसको अग्रता रहेको छ । एमालेको उम्मेद्वार बिष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । । कल्पनाले ६ सय ११ मत र बिष्णुले ५ सय ६० मत पाएको विवरण प्राप्त भएको छ