logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

    • निगरानी
    • २०७६ आश्विन २३, बिहीबार ०९:४१ गते
    मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

    राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

    सो दुर्घटनमा बा ६८ प ६८८७ नम्बरको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

    दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए।

    त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार ०९:४१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP