माईजोगमाई गाउँपालिका २ वडाध्यक्षमा कांग्रेसका डम्बरबहादुर सुवेदी विजयी

माईजोगमाई गाउँपालिका  २ वडाध्यक्षमा कांग्रेसका डम्बरबहादुर सुवेदी विजयी


माईजोगमाई गाउँपालिका २ वडामा गठबन्धनको प्यालन नै विजयी भएको छ । वडाध्यक्षमा नेपाली नेपाली कांग्रेसका डम्बरबहादुर सुवेदी विजयी भएका छन्। सुवेदीले १ हजार २९ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशबहादुर सुवेदीले ५ सय २३ मत ल्याए । वडा सदस्यमा गठबन्धनका रमेश राई विजयी भए। राई जिल्लाभरमा अहिलेसम्म नेकपा एकीकृत समाजबादीबाट विजयी हुने पहिलो जनप्रतिनिधि हुन्। वडा सदस्यमा कांग्रेसकै हस्तबहादुर राई विजयी भएका छन । महिला सदस्यमा कांग्रेसकी पुनम खड्का विजयी भइन् भने दलित महिला सदस्यमा कांग्रेसकी रूपादेवी दियाली यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्।

वडा २ हुनुपर्नेमा अन्याथा भएकोले सच्याइएको छ ।