logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • प्याब्सन इलामको नवौ अधिवेशमा स्मारिका लोर्कापण , शिक्षक तथा विद्यालयलाई सम्मान गरिने

    प्याब्सन इलामको नवौ अधिवेशमा स्मारिका लोर्कापण , शिक्षक तथा विद्यालयलाई सम्मान गरिने


    इलाम , पौष २ ।

    नीजि तथा आवसीय विद्यालय संगठन प्याब्सन इलामको शनिबार हुने नवौं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको प्याब्सनले जनाएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा प्याब्सनको स्मारिका लोर्कापण , शिक्षक तथा सदस्य विद्यालय सम्मान कार्यक्रम हुने शुक्रबार इलाममा भएको पत्रकार सम्मेलनमा अध्यक्ष विकास कर्माचायले बताउनु भयो । ‘शिक्षामा गतिशीलता, निरन्तरता र गुणस्तरीयता, प्रविधिको उच्चतम सदुपयोग सबै विद्यालयमा अपरिहार्यता’ भन्ने नारा सहित इलाम सदरमुकाममा हुन लागेको अधिवेशन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
    प्याब्सन इलामको इतिहास समेटिएको शैक्षिक खुराक सहित ‘प्याब्सन रिभ्यू इलाम ’ नामक स्मारिकाको लोकार्पण गरिने अध्यक्ष कर्माचार्यले बताउनु भयो ।
    कार्यक्रममा लामो समयदेखि संस्थागत विद्यालयमा शिक्षण गर्दै आएका तीन जना शिक्षकहरुलाई सम्मान गरिने भएको छ । विगत ३१ वर्षदेखि शिक्षण गरीरहनु भएका हाल ज्योतिसदन बोर्डिङ स्कूल शिक्षक सूर्य खवास, २८ वर्षदेखि शिक्षण गरीरहनु भएका हाल सूर्योदय शिक्षा सदनमा कार्यरत पदम राई र २३ वर्षदेखि शिक्षण गरीरहनु भएका हाल ग्रीन भ्याली एकाडेमी इलामकी चन्द्रा प्रधान रंजितकारलाई सम्मान गरिने प्याब्सन इलामले जनाएको छ । उत्कृष्ट विद्यालय तर्फ सन्दकपुर गाउँपालिका ३ मा रहेको माइपोखरी एकाडेमीलाई सम्मान गरिने छ भने प्याब्सनको देउमाई नगरकार्यसमितिलाई सम्मान गरिने अध्यक्ष कर्माचार्यले बताउनु भयो ।
    इलाममा रहेका १ सय १८ वटा संस्थागत विद्यालय मध्ये हालसम्म ९३ विद्यालय प्याब्सनमा आवद्ध छन । संस्थागत विद्यालयमा करिब २० हजार विद्यार्थी अध्ययनरत भने २ हजार शिक्षक कार्यरत रहेको प्याब्सन इलामको अनुमानित तथ्याङ रहेको छ । अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यस अघि दुई वर्षे कार्यकाल रहेकोमा अब तीन वर्षे कार्यकाल रहने जनाइएको छ । अधिवेशनमा ९३ जना प्रतिनिधि सहभागी हुदैछन ।



    निगरानी संवाददाता    
  • २०७८ पुष २, शुक्रबार १५:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP