logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • जनप्रतिनिधीहरुको लागि न्यायिक समिति सम्बन्धी क्षमता अभिवृद्धि गोष्ठी इलाममा सुरु

    जनप्रतिनिधीहरुको लागि न्यायिक समिति सम्बन्धी क्षमता अभिवृद्धि गोष्ठी इलाममा सुरु


    इलाम :साउन ३१ ।

    जनप्रतिनिधीहरुको लागि न्यायिक समिति सम्बन्धी क्षमता अभिवृद्धि गोष्ठी मंगलबार देखि इलाममा सुरु भएको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएर आएका इलाम नगरपालिकाका जनप्रतिनिधीहरुलाई न्यायिक समिति सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु । गोष्ठीमा स्थानीय सरकार संचालन ऐन , स्थानीय सरकारका सदस्यहरुको भुमिका र दायित्व , न्यायमा पहुँचको आधारभुत सिदान्त , न्यायिक समितिको संरचना , काम , क्षेत्राधिकार भुमिका दायित्व , मेलमिलाप र मेलमिलाप प्रक्रियाको अवधारणा , लैंगिक हिंसालाई सम्बोधन गर्न न्यायिक समितिको भुमिका जस्ता विषयवस्तुहरुबारे जानकारी गराईने जनाइएको छ ।

    कार्यक्रम टेवा संस्था काठमाण्डौको आर्थिक र हिमाल इनोभेट डेभ्लपमेन्ट एण्ड रिर्सच प्रालि (एचआईडिआर नेपाल) को प्राविधिक सहयोगमा भएको संस्थाले जनाएको छ । इलाम नगरपालिका कार्यपालिका सदस्य अन्र्तगतको न्यायिक समितिका सदस्य , वडा अध्यक्ष , वडा सदस्यहरुको सहभागित रहेको छ । तीन दिन सम्म संचालन हुने गोष्ठिमा सरकारी वकिल कार्यलय मोरङका उप न्यायधिवक्ता केशव प्रसाद पन्त र एचआईडिआर नेपालका कार्यकारी निर्देशक अधिवक्ता इन्दु तुलाधरले सहजीकरण गरीरहनु भएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ श्रावण ३१, मंगलवार १६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP