logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • घरेलु हिंसा र स्वास्थ्य सम्बन्धी सतेचना कार्यक्रम इलाममा सम्पन्न

    घरेलु हिंसा र स्वास्थ्य सम्बन्धी सतेचना कार्यक्रम इलाममा सम्पन्न


    इलाम , भाद्र ३१

    घरेलु हिंसा सम्बन्धी एकदिने सतेचना कार्यक्रम इलाममा सम्पन्न भएको छ । इलाम नगरपालिका ६ मा रहेका चिया बगानमा कार्यरत श्रमिक महिला तथा किशोरीहरुको लागि लक्षित गरी विहिबार सचेतना कार्यक्रम गरिएको हो । सहयात्रा नेपाल इलामको आयोजनामा भएको कार्यक्रममा घरेलु हिंसा र महिला स्वास्थ्य बारे जानकारी गराइएको थियो । घरेलु हिंसा , बहुविवाह लगायतका महिला सँग सम्बन्धित कानुनहरुबारे अधिवक्ता विद्या सापकोटाले सहजीकरण गर्नु भएको थियो भने महिनावारी ,महिला स्वास्थ्य लगायतका विषयमा इलाम अस्पतालकी स्टाफ नर्स भगवती घिमिरेले सहजीकरण गर्नु भएको थियो ।
    इलाम नगरपालिका ६ का वडा सदस्य मदन श्रेष्ठ (दुर्गा )को प्रमुख आतिथ्यता र सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले हिंसा नसहन र अरुलाई पनि हिंसा गर्न नहुने बताउनु भयो । महिलाहरुलाई लक्षित गरी वडाले विभिन्न कार्यक्रम र बजेट विनियोजन गरेकोले लक्षित वर्गले पाए नपाएको खवरदारी गर्नु पर्ने बताउनु भयो । चिया श्रमिकहरुको लागि छुट्टै चेतना मुलक र आयमुलक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो । सहयात्रा नेपालको अध्यक्ष हेम कुमारी शिवाले चिया कमानमा कार्यरत श्रमिक परिवारमा सचेतनाको कमीले घरेलु हिंसा हुने गरेको र महिला स्वास्थ्यमा सचेत नभएको पाइएकोले अति नै आवश्क भएकोले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । इलाम सदरमुकाम भित्र रहेर पनि वत्ति मुनिको अध्यारो भने झै चिया कमानमा कार्यरत मजदुर परिवार बसोबास गरीरहेको बस्तीमा जनचेतनाको कमी , शिक्षा , स्वास्थ्यमा पछाडि परीरहेको बताउनु भयो । टेवा संस्थाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा ३५ जनाको सहभागीता रहेको जनाइएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ आश्विन १, शुक्रबार ०३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP