इलाम , असोज ३१ ।
आगलागी सामान्यतया सुक्खा र गर्मी हुने मौसममा बढी हुन्छ । आगलागी दुर्घटना, हेलचेक्र्याईं, विद्युत् सर्ट र जानाजान कसैले लगाउने मुख्य कारणले हुने गर्छ । आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महत्वपुर्ण हुन्छ । मानिसको सावधानीले पनि आगलागी हुनबाट बच्न सकिन्छ । सतर्कता र सावधानी अप्नाउदा अप्नाउदै पनि आगलागी हुन सक्ने भएकाले आगो नियन्त्रण गर्ने उपाय र उक्त सूचना दिने प्रणालीमा ध्यान दिनुपर्छ । जसले गर्दा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न सकिन्छ । आगलागी नियन्त्रण सम्बन्धी व्यवहारिक अभ्यास मार्फत सोमबार इलाममा सचेतना जगाउने कार्य सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय ईलामको संयोजकत्वमा ईलाम नगरपालिका वडा नं. ७ स्थित चोकबजारमा व्यवहारिक अभ्यास ( सिमुलेसन अभ्यास ) भएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, इलाम नगरपालिका र रेडक्रस सोसाईटीको सकृय सहभागीतामा आयोजनामा भएको अभ्यासमा स्थानीयबासी , सुरक्षाकर्मीको सहभागीतामा कसरी आगलागी कसरी नियन्त्रण गर्ने , भान्साघरमा लागेको आगो कसरी नियन्त्रण गर्ने , फायर एक्सटिंग्विसर बाट कसरी आगलागी नियन्त्रण गर्ने , दमकलको प्रयोग कसरी गर्नेे तरिका समेतको नमूना प्रदर्शन गरिएको थियो ।
विपदको बेला घाईतेको उद्धार गर्न उपलब्ध स्रोत साधनको प्रयोगबाट स्टेचर बनाइ प्रयोग गर्ने तरीका सिकाइएको छ ।नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी र इलाम नगरपालिकाका नगरप्रहरीले आगलागी नियन्त्रण अभ्यास प्रर्दशन र जानकारी गराएका थिए ।
आगलागी नियन्त्रण सम्बन्धी व्यवहारिक अभ्यास महत्वपुर्र्ण कार्यक्रम रहेको भन्दै विपद बाट बच्न र नियन्त्रण गर्ने तरीका बारे धेरै जानकारी प्रदान गरिएकोे इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनु भयो ।विपदबाट बाच्न उपलब्ध स्रोत साधनको प्रयोग गरेर क्षति कम गराउन र नियन्त्रण गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुङ्गानाले बताउनु भयो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको थियो । रणशार्दूल गणका गणपति प्रमुख सेनानी सुनिल सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेत , सशस्त्र प्रहरी बल, इलामका प्रमुख सुरेश सापकोटा, रेडक्रस सोसाईटी इलामका सभापति शिव गौतम , जनप्रतिनिधी ,कर्मचारी र स्थानीयबासीको उपस्थित रहेको थियो ।
प्रतिक्रिया