इलाम : कन्याम पर्यटन क्षेत्रको सरफाइ तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। श्रीकृष्णाश्रम बाल क्लबको आयोजनामा जु रे/ यु रे स एवम हामी स्वयंसेवक समाजको सहअयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो श्री कृष्णाश्रममा वि को शिक्षक विद्यार्थीहरुको सक्रिय सहभागितामा भएको उक्त कार्यक्रमम घोडचढी व्यवसायी संघको समेत सहभागिता रहेको थियो। विध्यार्थीहरुले कन्याम पर्यटन क्षेत्रको सरसफाइ पछि कोण सभा गरेका थिए । कोण सभा बाल क्लबको अध्यक्ष निश्चल बि क को अध्यक्षता र श्रीकृष्णाश्रम मा वि का प्रधानाध्यापक कपिलमुनी गड्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो।कार्यक्रमको औचित्य प्रष्ट्याउदै बाल क्लबको संरक्षक शिक्षक दिपेन्द्र आचार्यले सरसफाइ कार्यक्रम एउटा कार्यक्रम मात्रै नभइ चेतनाको अभियान तथा दायित्वबोध चेतना वृद्धि गराउन थालिएको बताउनु भयो । सुन्दर कन्याम भावी पुस्तालाई हस्तान्तरण गर्न प्रत्येकले आ आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने आचार्यको भनाइ छ । घोडचढी व्यसायी संघका सचिव सोम बहादुर तामाङल कन्याम क्षेत्रको सुन्दरतालाइ बचाइ राख्न सबैको दायित्व रहेको बताउदै विद्यार्थीहरुले गरेको कार्यक्रम प्रसंशनिय रहेको बताउनु भयो ।
विद्यार्थीको तर्फबाट श्रेया घिमिरे नम्रता खतिवडा र प्रकृति खतिवडाले मन्तव्य राखेका थिए । पर्यावरण जोगाइ राख्न फोहोर मैला व्यवस्थापन गर्नु पर्ने र फ़ोहोर मैला नै विविध प्रदुषणको पहिलो कारण भएकोले यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए । प्रमुख अतिथी तथा प्रधानाध्यापक कपिलमुनी गड्तौलाले विद्यार्थीहरुले पुस्तकमा पढेका कुराहरुलाइ दैनिक जीवनमा प्रयोग गर्ने सीपको विकास यस्ता कार्यक्रमले गरेकोछ भन्नुभयो।उहाँले विद्यार्थी नानीहरुले यसरी नै आफ्नो घर गाउँबाट वातावरणीय प्रदुषण मुक्त गर्न चेतना अभिवृद्धि गर्नु पर्ने बताउनुभयो। कार्यक्रमको अध्यक्ष निश्चल बि क ले क्लबले आगामी दिनमा पनि विद्यार्थीको क्षमता एवम् नेतृत्व विकास गर्ने कार्यक्रम ल्याउने बताउनुभयो ।कार्यक्रम बालक्लबका सचिव रचना कार्कीले सन्चालन गर्नु भएको थियोे ।
प्रतिक्रिया