इलाम, चैत्र २८ : नेपाल नेत्रज्योति संघ इलामको मंगलबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । दोस्रो अधिवेशनबाट इन्द्र फुएलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा विष्णु कार्की, सचिवमा प्रकाश भट्टराई, कोषध्यक्षमा ज्ञानु लामा, सह–सचिवमा वेद प्रसाद घिमिरे र सह–कोषाध्यक्षमा राजु राई चयन भएका छन् ।
सदस्यहरुमा हरिनाथ फुएल, विरेन्द्र कार्की, विनय तिम्सीना, सुवास घिमिरे, पुष्पा रिजाल खनाल, कृष्ण वस्नेत, टीकाराम पुरी निर्वाचित भएका छन् ।
प्रमुख अतिथि नै कार्यक्रममा आएनन्
प्रमुख अथिति इलाम नगरपालिकाका नगर प्रमुख केदार थापालाई बोलाइएको थियो । तर उनी निर्धारित समयभन्दा लामो समय सम्म पनि नआएपछि नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य पदम नारायण चैधरीको विशेष आतिथ्यतामा कार्याक्रम सम्पन्न भएको संस्थाका नव निर्वाचित उपाध्यक्ष विष्णु कार्कीले जानकारी दिए ।
कार्याक्रममा नेपाल रेड क्रस सोसाइटी इलामका सभापति शिवलाल गौतम, नेपाली कांग्रेसका उप–सभापति खगेन्द्र देवान, महिला जागरण संघकी सचिव कमला बराल, समाजसेवी गोविन्द पौडेल, कोमल निरौला लगायतको उपस्थिति रहेको थियो ।
मंगलबार नै वसेको नयाँ कार्य समितिको पहिलो वैठकबाट डिकेन्द्र इदिङ्गो र नुनुमा रार्ईलाई सदस्यको रुपमा मनोनित गरेको छ ।
वसन्त तिम्सीनाको संयोजकत्वमा लेखा समिति गठन भएको छ । जसको सदस्यमा तुलाराम सुवेदी र राम मगरलाई मनोनित गरिएको जनाएको छ ।
प्रतिक्रिया