‘लम्पि स्किन डिजिज’ नियन्त्रण गर्न इलाम नगरका सवै वडामा भ्याक्सिन

‘लम्पि स्किन डिजिज’ नियन्त्रण गर्न इलाम नगरका सवै वडामा भ्याक्सिन


सविता पाण्डे इलाम , वैशाख २३ : इलाममा गाईवस्तुमा लाग्ने छाला सम्बन्धी ‘लम्पी स्किन डिजिज ‘ फैलिने र पशुहरु मर्ने गरेपछि नियन्त्रण गर्न इलाम नगरपालिकाले गाईवस्तुमा भ्याक्सिन लगाउन सुरु गरेको छ । रोग नियन्त्रण गरी पशुपालक कृषकलाई राहत दिइ गाईगोरु मर्नबाट बचाउन नगरले सवै वडामा भ्याक्सिन लगाउन थालिएको जनाइएको छ । गाईवस्तुमा यो रोग महामारीको रुपमा फैलिएर पशु चौपाय मर्न थालेपछि किसानले नोक्सानी व्योहोरीरहेका छन ।

अन्य गाईहरुमा यो रोग नफैलियोस पशुधनको क्षति नहोस भनेर इलाम नगरपालिकाले भ्याक्सिन खरिद गरी सबै वडामा वितरण गरेको जनाएको छ । अहिले थप पशु प्राविधिकहरु व्यवस्थापन गरी जनप्रतिनिधीहरुको सकृयतामा नगरका सबै वडाहरुमा शनिवार देखि भ्याक्सिन लगाउन थालिएको छ ।
पहिलो चरणमा गर्भवती गाई, लैनो गाई, १ वर्ष माथिका कोरली गाईलाई मात्र भ्याक्सिन लगाइउने अन्य गाईगोरुलाई दोस्रो चरणमा लगाउने नगरपालिकाले जनाएको छ । नगरले सबैवडामा प्राविधिक परिचालन गरी भ्याक्सिन लगाउन थालिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनु भयो । लम्पी स्किन डिजिज नियन्त्रणको लागि औषधी , खोप खरिद र प्राविधिक व्यवस्थापन गर्न इलाम नगरपालिकाका प्रमुख, उपप्रमुख वडाअध्यक्ष , कार्यपालिका सदस्य र वडासदस्यहरुबाट एक महिनाको पारिश्रमिक कटाएर व्यवस्था मिलाउन निर्णय भएको इलाम नगरपालिकाका उपप्रमुख विष्णु दहालले बताउनु भयो ।


इलाम नगरपालिकाका १२ वटै वडाबाट साविक योजना तथा कार्यक्रममा विनियोजित रकमबाट १ लाखका दरले रकम कट्टी गरिएको इलाम नगरपालिकाका वाड न ८ का वडा अध्यक्ष दलमान तामाङले बताउनु भयो । लम्पी रोग इलाम नगरपालिकाका पशु मरेर कृषकले क्षति व्यहोर्नु परेकोले कृषकको घर घर पुगेर जानकारी लिने ,रोग लागेका गाई वस्तुको औषधी उपचार र भ्याक्सिन वितरणको लागि सवै जनप्रतिनिधी र प्राविधिकहरु खटिएको उहाँँको भनाई छ ।


इलाम नगरपालिकाले जोर्डन बाट ल्याइएको ‘लम्पी सेल्ड एन ’ भ्याक्सिन लगाइरहेको छ । यो खोप संक्रमण नभएका पशुहरुमा मात्र प्रयोग गरिएको जनाइएको छ । भाइरल रोग भएको र यसको ठोस उपचार नभएकोको इलाम नगरपालिका पशु शाखाका प्रमुख रुप बहादुर लिम्बुले बताउनु भयो । पशुमा रोग लागि हालेमा निमोनिया बाट बचाउन थप संक्रमण बढ्न बाट रोक्न भ्याक्नि लगाइएको बताउनु भयो । गाईवस्तुको शरीरमा घाउखटिरा आउने , खुट्टा सुनिने , ज्वरो आउने , घाँस खोले खान मन नगर्ने , दुध उत्पादनमा कमी आउने लक्षण देखा पर्ने पशु प्राविधिकहरु बताउछन । भाइरल रोग भएकोले सहजै फैलने गरेको छ । यो रोग लामखुट्टे , झिंगा भुसुनाले एकबाट अर्कोमा सार्ने भएकोले गाईगोठ वरिपरिन सफा राख्नु पर्ने पशु प्राविधिकहरु बताउनछन ।