logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसमा इलाममा श्रद्धाञ्जली सभा

    जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसमा इलाममा श्रद्धाञ्जली सभा

    आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस । देश भर जेठ २१ गते देशभर यो दिवस मनाइदै छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झानामा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउदै आएको हो । दिवसको अवसरमा इलाममा भने श्रद्धाञ्जली तथा खबरदारी सभा सम्पन्न भएको छ । गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समितिले आयोजनामा इलाम बजारमा श्रद्धाञ्जली तथा खबरदारी सभा सम्पन्न भएको छ ।


    रुकुममा हत्या भएका युवाहरुको न्यायको पक्षमा र दोषीलाई कार्बहीको माग गर्दै श्रद्धाञ्जली तथा खबरदारी आयोजना गरिएको संर्घष समितिका संयोजक नवराज शंकरले बताउनुु भयो । जिल्लामा रहेका अधिकारकर्मी , राजनितिक दलका प्रतिनिधी विभिन्न संघ सस्थाका प्रतिनिधी तथा सर्वसाधारणको सहभागीतामा इलाम स्थित ठुलो टुडिखेलमा बाट ¥याली सुरु गरी चोक बजारमा सभामा परिणत भएको थियो ।


    सभामा दलित अगुवा देवेन्द्र विश्वकर्मा नेकपाका जिल्ला कार्यलय सदस्य भक्त केसी , नेपाली काग्रेसका जिल्ला सचिव खगेन्द्र देवान , जनता समाजबादी पार्टीका याम लिम्बु , नेपाल मानवअधिकार संगठन प्रदेश १ का अध्यक्ष तथा पत्रकार सोम सुसेली लगायतले धारणा राखेका थिए । रुकुम पश्चिमको चौरजहारीमा गत १० गते नवराज विक सहित ६ जना युवाहरुको हत्या भएको थियो ।



    Avatar निगरानी डेक्स    
  • २०७७ जेष्ठ २१, बुधबार ११:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP