सूर्याेदय नगपालिकाकाे तेह्रौं नगरसभाबाट दुईवटा प्रतिस्थापन विधेयक पारित

सूर्याेदय नगपालिकाकाे तेह्रौं नगरसभाबाट दुईवटा प्रतिस्थापन विधेयक पारित

सुर्योदय , ९ असार : सूर्याेदय नगपालिकाकाे तेह्रौं नगरसभाकाे चौथाे बैठकबाट दुईवटा प्रतिस्थापन विधेयक पारित भएकाे छ । तेस्राे बैठकमा पेस भएकाे सूर्याेदय नगरपालिकाकाे संघ संस्था दर्तासम्बन्धि ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकाे विधेयक २०८० विधेयक र सूर्याेदय नगरपालिकाकाे सार्वजनिक निजी साझेदारी ऐन २०७४ लाई प्रतिस्थापन गर्न बनेकने विधेयक २०८० नगरसभाकाे चौथाे बैठकबाट पारित भएकाे हाे । संघ संस्था दर्ता सम्बन्धि विधेयक उर्गेन बम्जन र सार्वजनिक निजी साझेदारी विधेयक पेमा उगेन लामाले पेस गरेका थिए । बुधबार बसेकाे सभामा पेस भएकाे केहि स्थानिय ऐनलाई संशोधन गर्न बनेकाे विधेयक पनि पारित भएकाे छ । विधेयक कार्यपालिका सदस्य ख्याम भुजेलले पेस गरेका थिए । चौथाे बेठकले पास गरेकाे केही स्थानीय ऐन संशाेधन विधेयकले नगरपालिकाकाे आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, सूर्याेदय नगरपालिकाकाे स्थानीय कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेकाे ऐन २०७४, सूर्याेदय नगरपाकाकाे खानेपानी व्यवस्थापन ऐन २०७६ र सूर्याेदय नगरपालिकाकाे प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ मा रहेका केही प्रावधानलाई संशोधन गरेकाे छ ।
शनिबार बसेकाे सभाकाे बैठकमा सूर्याेदय नगरपालिकाकाे स्थानिय आर्थिक सर्वेक्षण प्रतिवेदन २०७९/०८० पेस भएकाे छ । आर्थिक सर्वेक्षण प्रतिवेदन कार्यपालिका सदस्य सावित्रा शिवाले पेस गरेकी थिइन । नगरपालिकाले पहिलाेपटक स्थानीय आर्थिक सर्वेक्षण गरेकाे हाे ।
नगरसभाकाे चौथाे बैठकमा विषयगत समितिकाे प्रगति प्रतिवेदन समेत पेस भएका छन् । सामाजिक विकास समितिको प्रतिवेदन समितिका संयाेजक डिक बम्जनले पेस गरेका थिए । त्यस्तै पूर्वाधार विकास समितिकाे प्रतिवेदन संयाेजक पेमा उगेन लामा, आर्थिक विकास समितिकाे प्रतिवेदन संयाेजक देवेन्द्र शर्माले र सुशासन तथा संस्थागत विकास समितिको प्रतिवेदन समितिकाे सदस्य लता देवी अधिकारिले प्रस्तुत गरेकी थिइन । बैठकमा नगरसभाका सदस्यहरूले सार्वजनिक महत्त्वका विषयमा ध्यानाकर्षण गराएका थिए । बैठकमा प्रेमलाल ग्यावक, सरन लिम्बु, श्याम कटुवाल, कमल प्रसाद गड्तौला, रोशन बुढाथोकीले सार्वजनिक महत्त्वका प्रस्तावमा ध्यानाकर्षण गराएका थिए । नगरसभा सदस्यहरूले उठाएका ध्यानाकर्षण प्रस्तावकाे नगरप्रमुख रणबहादुर राईले सम्बाेधन गरेका थिए । नगरसभाकाे पाचौं बैठक आइतबार एकबजे बस्नेगरी स्थगित भएकाे छ । गरेको छ । नगरसभाकाे तेह्रौ अधिवेशन बैशाख ८ गतेदेखि शुरूभएकाे हाे ।